|

जनकपुरधाम : जनकपुरधामसहित धनुषाका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ।

आज शनिबार महाशिवरात्रिका दिन बिहानैदेखि जनकपुरधामको शिव चौकमा रहेको चतुर्भुज महादेव मन्दिर, स्वर्गद्वार स्मशानघाट, जनकपुरधामका चार कुनामा रहेका प्राचीन शिवमन्दिर कपिलेश्वर महादेव, कुशेश्वर महादेव, धनुषाधामको धनुष मन्दिर, क्षिरेश्वरनाथ मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको ठूलो भीड लागेको छ।

महोत्तरीको जलेश्वरमा रहेको शिव मन्दिरमा पनि भक्तजनको बिहानैदेखि भीड थियो।

जलभित्र विराजमान हुने जलेश्वरनाथ मन्दिरको पानी महाशिवरात्रिमा बाहिर निकालेर शिवलिङ्गको दर्शनको व्यवस्था महाशिवरात्रिमा मात्र हुने गरेको पुजारी बताउँछन्।

जलेश्वर महादेवको दर्शन गर्न भारतबाट पनि ठूलो सङ्ख्यामा भक्तजन नेपाल आउने गरेको स्थानीय दसरत भण्डारीले बताए।

भक्तजनले शिवलाई भाङ, धतुरो, बेलपत्र, फूलमाला, दूध तथा जल अर्पण गरिरहेका छन्। खास गरी आज उपवास बसी शिवको पूजा आराधना गर्ने चलन छ। 

आजको दिन सच्चा मनले महादेवको पूजाआराधना गर्दा सबै प्रकारका इच्छा आकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.