|

जनकपुरधाम : धार्मिक तथा ऐतिहासिक पदयात्रा १५ दिने मिथिला मध्यमा परिक्रमा आज तेस्रो दिन बुधवार भारतको फूलहर प्रस्थान गरेको छ। हिजो मंगलवार बिहान जनकपुरधामको हनुमाननगरबाट भारतको कल्ना पुगेर विश्राम गरेका परिक्रमायात्री आज फूलहर प्रस्थान गरेका हुन्।

फूलहरमा त्रेता युगमा भगवान् राम र सीताको पहिलो भेट भएको थियो। जसलाई गिरिजास्थान पनि भनिन्छ। आज राति गिरिजास्थानको रात्रि विश्रामपछि परिक्रमाको लस्कर भोलि बिहीवार बिहान नेपालको मटिहानी प्रवेश गर्नेछ।

सोमवार धनुषाको कचुरीको मठबाट मिथिला बिहारीजीको डोला र जनकपुरको रत्नसागरस्थित मठबाट रामजानकीको डोला विधिवत् रूपमा निकाली १५ दिने मिथिला माध्यमिकी परिक्रमा सोमवारबाट प्रारम्भ भएको थियो।

भोलि मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, सतोषर, औरही, विशौल हुँदै पुनः कल्ना पुगी १५ औं दिन परिक्रमा टोली जनकपुर आउनेछन्।

त्यसपछि जनकपुरमा अन्तगृह परिक्रमासँगै परिक्रमा समापन हुनेछ। त्यसको भोलिपल्ट जनकपुरमा होली खेल्ने परम्परा छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.