|

काठमाडौं : राजधानी काठमाडौंका विभिन्न ठाउँमा जुवातास खेलिरहेका ३८ जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका-९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डरग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल काठमाडौं महानगरपालिका-७ मित्रपार्क बस्ने ३६ वर्षीय जितनारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी,  चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जनसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.