|
फाइल तस्वीर

विराटनगर :  पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नाम ‘हावा प्रदेश’ राखौँ भन्दै  व्यंग्य गरेका छन्। 

कोशी प्रदेश नाममा संशोधन हालेका नेकपा एकीकृत समाजवादीका नेता राईले नामकरणसम्बन्धी छलफलमा प्रदेशको नाम ‘हावा प्रदेश’ राखौँ भनेर व्यंग्य गरेका हुन्। कोशी महत्त्वपूर्ण नदी भएकाले प्रदेशको नाम कोशी राख्नुपर्ने तर्कमाथि व्यंग्य गर्दै कोशीभन्दा हावा बढी महत्त्वपूर्ण रहेको उनले बताए।

राईले कोशीको सट्टा ‘किराँत लिम्बुवान कोशी प्रदेश’ नाम राख्न संशोधन प्रस्ताव राखेका थिए। राईको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ।

मन्त्री नै बैठकबाहिर

​‘कोशी प्रदेश’ नामको विपक्षमा मतदान गर्न सदन पुगेकी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावाले सदनभित्र पस्न पाएकी छैनन्। 

उनी प्रदेश १ प्रदेशसभामा जसपाबाट निर्वाचित एकमात्र सांसद हुन्। ढिला किन गर्नुभयो भन्ने प्रश्नमा उनले जवाफ दिन मानिनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.