|

धनगढी  : धनगढीमा व्यवसायीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन्।

आज शुक्रबार व्यवसायीहरुले बैंकहरुले चर्को ब्याज लिएको भन्दै धनगढीको चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म विरोध प्रदर्शन गरेका थिए।

 प्रदर्शनपछि करिब ४५ मिनेट सडक अवरोध गरेका उनीहरुले कार्यालय घेरेर धर्ना पनि दिएका थिए।

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघ, कैलाली उद्योग वाणिज्य संघ लगायतका व्यावसायिक संघसंस्थाहरुले ७ प्रतिशत ब्याजदरमा लिएको ऋणमा हाल १५ प्रतिशत पुर्‍याइएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन गर्दै आएका छन्।

बैंकहरुले वृद्धि गरेको व्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरु सोमबारदेखि नियमितजसो आन्दोलनमा छन्।

बैंकको ब्याजदर एकल अंकमा झार्न माग गर्दै चौराह ट्राफिक चोकदेखि मुख्यमन्त्री कार्यालयसम्म विरोध र्‍याली र त्यसपछि कोणससभा गरिएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाले बताए। चर्को बैंक ब्याजदरका कारण उद्योगी व्यवसायी टाट फर्केको तर बैंकहरुले सहजीकरणनगरेपछि दबाब स्वरुप प्रदर्शन गरिएको ओझाले बताए। ओझाले भने, ‘आन्दोलनमा यस क्षेत्रका सबै उद्योगी व्यवसायी र वस्तुगत संघहरुको ऐक्यबद्धता छ।’

शुक्रबार व्यवसायीहरुको आन्दोलनमा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सागर ढकालले समेत ऐक्यबद्धता जनाएका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि पुगेर ढकालले व्यवसायीका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए। उनीहरुले दैनिक बिहान ९ देखि ११ बजेसम्म व्यापार व्यवसाय बन्द गर्दै आएका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.