|

काठमाडौं : फागुपूर्णिमाका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर पूजा गर्नेको घुइँचो लागेको छ।

पौराणिक विधिअनुसार फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न ध्वजापताकासहित चीर ठड्याउने परम्परा छ। यससँगै विधिवत् रूपमा फागु सुरु भएको मानिन्छ। पूर्णिमाको रात चीर ढाल्ने परम्परा छ।

सोमबार फागु पूर्णिमाको अवसरमा देशका पहाडी भूभागमा होली खेलेर मनाइँदैछ। मंगलबार तराई–मधेशका जिल्लामा होली खेलिनेछ। 

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा फागुको महत्त्व छ। एकअर्काबीचमा रङ दलेर र पानी छ्यापेर यो पर्व मनाइन्छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.