|

दोलखा : ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरिएको छ।

दोलखास्थित गौरीशंकर सामुदायिक पुस्तकालयले आज एक कार्यक्रमबीच आवाज नेपाल दोलखाद्वारा सञ्चालित स्नेह केन्द्रमा रहेका अपाङ्गता भएका महिला र सुत्केरी महिलालाई दश हजार बराबरको खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेको छ।

सामग्री केन्द्रका अध्यक्ष र्सिजना कार्कीलाई पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले हस्तान्तरण गरेका थिए। यस्तै भीमेश्वर नगरपालिका-५ का महिला पन्चेबाजा समूहलाई बाजा खरिदका लागि आजै दश हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको पुस्तकालयका अध्यक्ष बस्नेतले जानकारी दिए।

उनका अनुसार केही महिलालाई सोही कार्यक्रममा स्वास्थ्य सामग्री वितरण गरिएको छ। कार्यक्रममा भीमेश्वर नगर पालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धर लगायत उपस्थित थिए। विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तरराष्ट्रयि श्रमिक महिला दिवसका रूपमा मनाइन्छ।

‘नेपालमा लैङ्गिक  समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस दोलखामा पनि मनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.