|

काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको छ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ९.२७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंकले बढेको छ।

बिहीवार वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको हो। बैंकर्स संघले बैंकहरुले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.