|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। पाँचौँ चरणका अन्तिम तीन खेलमध्ये एक च्यासल मैदान र दुई दशरथ रंगशालामा हुनेछ। 

च्यासल मैदानमा दिउँसो साढे २ बजे हुने खेलमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स आज दोस्रो जितको खोजीमा हुनेछ। यस्तै चार खेलबाट पाँच अंक जोडेको आर्मी पनि आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछ। 

यस्तै दिउँसो साढे २ बजे नै रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्नेछन्। जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ । दशरथ रंगाशालामै अपराह्न साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

मनाङ र एपीएफ दुवै तेस्रो जित निकाल्ने योजनामा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.