|

हेटौंडा : बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यहरुले अझैसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। गत मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनीहरुले हालसम्म सम्पत्ति विवरण नबुझाएका हुन्।

बागमती प्रदेशसभा सचिवालयका प्रवक्ता सुन्दर बाँस्कोटाको अनुसार प्रदेशसभाको ११० सांसदमध्ये हालसम्म कन्चनचन्द्र बादे, गिरबहादुर तामाङ, डम्बर तामाङ, दीपेन्द्र श्रेष्ठ, याङकिला शेर्पा र लक्ष्मी घिमिरे रहेका छन्। वादे, श्रेष्ठ र शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् भने बाँकी ३ जना राप्रपाका सांसद हुन्।

श्रेष्ठ प्रदेश सरकारको अघिल्ले कार्यकालमा सस्ंकृति तथा पर्यटनमन्त्री थिए भने डम्बर तामाङ्ले केहि हप्ताअघि मात्रै मन्त्रि पदबाट राजिनामा दिएका थिए।

बागमती प्रदेशसभाका सदस्यहरुले पुस १४ गते प्रदेशसभामा सपथग्रहण गरेका थिए। पद धारण गरेको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि ११ सांसदले अझै बुझाएका छैनन्। प्रदेशसभा सचिवालयले सम्पत्ति विवरण बुझाउन सूचना प्रकाशितसमेत गरेको थियो। तर, कानुन बनाउने सांसदहरूले नै कानुनी व्यवस्थाको बेवास्ता गरेका छन्।

भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

सम्पत्ति विवरण नबुझाउनेलाई भ्रष्टाचार निवारण ऐनअनुसार पाँच हजार जरिवाना हुने व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.