|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ। 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रचण्डसँग भेट गरिरहेका छन्। 

उनीहरुबीच मन्त्रिमण्डल विस्तार र एकीकृत समाजवादी पार्टीले पाउने मन्त्रालयबारे छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो। एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन्। 

पुस ६ गते विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डले एक दुई दिनभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका छन्। सोही बमोजिम उनले आज साँझ १० दलीय गठबन्धनको बैठक समेत बोलाएका छन्। 

लामो समयदेखि मन्त्रिमण्डल विस्तार हुन नसक्दा १६ वटा मन्त्रालयको भार प्रधानमन्त्री प्रचण्डको काँधमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.