|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनमैजु नापी कार्यालयका सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई करिब २५ लाख रुपैयाँसहित पक्राउ गरेको छ। 

नगद तथा स्रोत नखुलेको चेकको रकमसहित २५ लाख ७२ हजार ३८८ रूपैयाँसहित उनीहरूलाई आयोगको टोलीले मंगलबार मनमैजुबाट पक्राउ गरेको हो। 

काठमाडौं जिल्ला तारकेश्वर नगरपालिकास्थित मनमैजु नापी कार्यालयमा जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाकाआधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

टोलीले सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। पछि खानतलासी गर्दा स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो। 

यसैगरी लेखापढी व्यवसायी अभिषेक कार्कीको नाममा काटिएको १६ सोह्र लाख रुपैयाँको तीन थान तथा सर्भेक्षक उपरकोटीको साथबाट स्रोत नखुलेको एक लाख ८५ हजार ३८८ रुपैयाँसहित मनमैजुबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.