|

धनकुटा : १६ औँ संस्करणको शहीद भीमनारायण गोल्डकपअन्तर्गत मंगलबार सुनसरीको राष्ट्रिय जागृति क्लब र बुटबलको बुटवल लुम्बिनी क्लबबीच खेल हुँदैछ।

राष्ट्रिय जागृति क्लब र बुटवल लुम्बिनी क्लबबीचको खेल धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो३ बजे शुरु हुने आयोजकले जनाएको छ। 

यसअघिका खेलमा चारतारे युथ क्लब मोरङलाई हराउँदै विभागीय टोली एपीएफ क्लब काठमाडौँ र विभागीय टीम त्रिभुवन आर्मी क्लब काठमाडौँलाई हराउँदै बिर्तामोड युनाइटेड क्लब सेमिफाइनल पुगिसकेका छन्। 

प्रतियोगिता आगामी २९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने र म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.