|

विराटनगर : आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बुको मृत्युको घटना छानबिन गर्न गठित समितिले काम शुरु गरेको छ। 

गत चैत ५ गते कोशी नामकरण खारेजीको माग गर्दै भएको आन्दोलनको क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा मृत्यु भएपछि घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरेको हो।

संघीय सरकारले चैत ११ गते सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो। 

समितिका सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ शरद पोखरेल, नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजंगबहादुर चन्द र उपसचिव कृष्णबहादुर शाही रहेका छन्।

समितिले मंगलबार छानबिन शुरु गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए। 

प्रदेशसभाले कोशी प्रदेश नामकरण गरेपछि पहिचान पक्षधरले कोशी नाम खारेज गरी पहिचानका आधारमा नाम राख्न माग गर्दै सडक आन्दोलन गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.