|

धनकुटा : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले बिहीबार वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘कोशी’ नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ।

पहिचान पक्षधरले तालाबन्दी गरेको केही समयपछि प्रहरीचौकी जोरपाटीबाट खटिएको प्रहरी टोली ताला फोडेर कार्यालय सञ्चालन गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.