|

काठमाडौं : कलेजो शरीरको महत्त्वपूर्ण अंग हो। पछिल्लो समय बदलिदो जीवनशैलीले गर्दा कलेजो सम्बन्धी विभिन्न समस्यासँग मानिस पीडित भइरहेका छन्।

त्यसैले कलेजो स्वस्थ राख्न हामीले खानपानमा ध्यान दिनुपर्छ। कलेजोले विशेषगरी हामीलाई स्वस्थ रहन आवश्यक खाना पचाउन मद्दत गर्छ। कतिपय खानेकुराले मानिसको कलेजोलाई हानि पुर्‍याउँछ। त्यसैले सधैं तिनीहरूलाई जोगिन सल्लाह दिइन्छ। यी ६ खराब खानेकुरा देखेपछि तुरुन्तै सजग हुनुपर्छ ।

कलेजोका 'शत्रु' खाना

रक्सी : रक्सी फ्याटी कलेजोको साथै कलेजो सम्बन्धित रोगहरूको कारक हुन सक्छ।

रातो मासु : रातो मासुमा स्याचुरेटेड फ्याटमा उच्च हुन्छ, जसले तपाईंको कलेजोलाई क्षति पुर्‍याउँछ।

नुन : धेरै नुन खाँदा कलेजोलाई पनि हानि हुन्छ। नुनमा सोडियम हुन्छ। नुन बढी खाँदा शरीरमा अतिरिक्त पानी जम्मा हुन्छ। जसका कारण कलेजोमा संक्रमण हुने खतरा रहन्छ। यही कारणले गर्दा फ्याटी लिभर र लिभर सिरोसिसमा नुन खानु हुँदैन।

प्रशोधित खाना : प्रशोधित खाना वा प्याकेज गरिएका वस्तुहरू, विशेष गरी रोटी‚पिज्जा र पास्ता जस्ता वस्तुहरू पनि कलेजोका लागि धेरै हानिकारक हुन्छन्। यी खानेकुराले कलेजोमा बोसो बढाउने काम गर्छ र फ्याटी लिभरको जोखिम बढाउँछ।

मैदा: मैदा कलेजोको हिसाबले राम्रो मानिदैन। त्यसैले पीठोले बनेको चीज धेरै खानु हुँदैन। गहुँबाट मैदा बनाउँदा त्यसबाट प्रोटिन निकालिन्छ, जसका कारण यो अम्लीय हुन्छ। यस्तो अवस्थामा मैदाले बनेको चीज धेरै खाँदा कलेजोमा नराम्रो असर पर्छ। यसका साथसाथै भुटेको चीज पनि खानबाट जोगिनुपर्छ।

चिनी : मिठाई खानेहरूले कलेजोको स्वास्थ्यको लागि क्यान्डी, केक, कुकिज, प्रशोधित फलफूलको रस जस्ता चीज खानु हुँदैन। चिनीमा रहेको फ्रक्टोजका कारण कलेजोमा फ्याटी जम्मा हुन थाल्छ। अर्थात् उच्च चिनीयुक्त खानेकुराका कारण कलेजो फ्याटी हुन थाल्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.