|

काठमाडौं : नेपालमा पछिल्लो दिनमा कोभिड संक्रमण पुनः बढ्दै गएको छ। यसको प्रमुख कारण कोभिड १९ को ओमिक्रोनको  नयाँ सबभेरियन्ट ‘एक्सबीबी १.१६’ भएको पुष्टि भएको छ।

चैत महिनामा संकलन गरिएका २४ वटा नमुनाको सिक्वेन्सिङ गर्दा २४ वटैमा ओमिक्रोन भेरियन्ट भेटिएको हो। यसमा अहिले भारतमा फैलिएको ओमिक्रोन एक्सबीबी.१.१६ सहितका ९ वटा सबभेरियन्ट रहेको पुष्टि भएको हो।

सिक्वेन्सिङ एक्सबीबी १.१६ बाट १० जना, एक्सबीबी १.५ बाट तीनजना, एक्सबीबी २.६ बाट र एक्सबीबी १ बाट एक–एकजना प्रभावित भएको पाइएको हो। यसबाहेक अन्यमा ओमिक्रोनकै बीए १.१ बाट दुईजना, बीए २ बाट दुईजना, बीए २.७६ बाट एकजना, बीए ५ बाट दुईजना र बीए ५.२ बाट दुईजना प्रभावित भएका छन्।

पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमण पुनः बढ्दै जानुको प्रमुख कारण ओमिक्रोनको  नयाँ सबभेरियन्ट ‘एक्सबीबी १.१६’लाइ लिएको छ तर यो मौसममा मौसमी फ्लूका बिरामी पनि देखिने मौसम भएकाले धेरैले मौसमी फ्लू र कोभिड भाइरस कुन लागेको हो भनेर छुट्याउन अलम भएको पाइन्छ। हुन पनि फ्लू र कोभिड भाइरसको लक्षण मिल्दाजुल्दा हुने गर्छन्।

पछिल्लो समयमा नेपालमा फेलदै गएको  ‘एक्सबीबी १.१६’ भेरियन्टका मुख्य लक्षण यी हुन्। 

 अति थकान महसुस हुनु
 सुक्खा खोकी लाग्नु 
 जाडो लाग्नु 
 स्वाद वा गन्ध थाहा नपाउनु
टाउको वा जीउ/ढाड असाध्य दुख्नु 

यी लक्षण हाल नेपालमा देखा परेका ‘एक्सबीबी १.१६’ भेरियन्टको भए पनि यस्ता लक्षण देखिना साथ प्रयोगशाला परीक्षणबाट निर्क्योल हुने हुँदा यस्ता लक्षण देखिन साथ परीक्षण गर्न आवश्यक हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.