|

काठमाडौँ : पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमणका साथ साथै मौसमी फ्लूका विरामी पनि बढेको चिकित्सकहरू बताउँछन्।​

धेरैजसोले कोभिड संक्रमण र मौसमी फ्लूका लक्षण मिल्दाजुल्दा हुने हुँदा कोभिड मौसमी फ्लू छुट्याउन सक्दैनन्। प्रायः फ्लू संक्रमण भएको एक हप्तासम्म आफैँ ठिक हुने भए पनि फ्लूको लक्षण देखिनासाथ कोभिड वा फ्लू के हो भनेर परीक्षण गर्नु आवश्यक हुन्छ।

फ्लूको संक्रमण हुनै नदिनु राम्रो हो। त्यसैले मौसमी फ्लूबाट बच्न यी कुरामा ध्यान दिनु पर्छ।

-फ्लू लागेका व्यक्तिबाट टाढै बसौं

-आफू विरामी हुँदा घरमै बसौं

- घरमा कसैलाई फ्लू लागे वा रुघा खोकी लागे सबैले मास्क लगाऔँ

-मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगरौँ

-खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ

- वेलावेला साबुनपानीले हात धोऔँ

-हातले आँखा, नाक वा मुख छुने बानी त्यागौँ

-तातो पानी पिउने, बाफ लिने जस्ता काम गरौँ

-घरेलु उपचार विधि अपनाऔँ

- प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खाऔँ

-गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौँ

-सम्भव भएसम्म फ्लूविरुद्धको खोप लगाऔँ

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.