|
तस्वीर : रासस

भक्तपुर : बिस्का जात्राको क्रममा बिहीवार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ।

बिहीवार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो। प्रत्येक वर्षको अन्तिम दिन मध्याह्नमा यसरी नै लिंगो उठाउने गरिन्छ।

यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्छन्। डोरीको सहायताले लिंगोलाई उठाइन्छ। लिंगो उठाएको हेर्न हजारौं स्थानीय बासिन्दा पुग्ने गर्छन्।

प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ। जात्रा २७ चैतदेखि शुरु भएको थियो। पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको शुरुवातसँगै जात्रा शुरु भएको थियो।

यो जात्रा हेर्न दशौं हजार मानिस जात्रास्थल पुग्ने गर्छन्। भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ। जात्रा ५ वैशाखमा सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.