|

दोलखा : सर्वोच्च अदालतका कायममुकायम (कामु) प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले निष्पक्ष न्यायका लागि कानुन व्यवसायीको आचरण महत्त्वपूर्ण हुने बताएका छन्।

नेपाल बार एशोसिएशन दोलखाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले कानुन व्यवसायी असल आचरणयुक्त हुनुपर्ने बताए।

उनले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकार र कानुन व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै कानुनी राज्य र पीडितलाई निष्पक्ष न्याय दिलाउने कुरामा समेत पत्रकार र कानुन व्यवसायीले भूमिका खेल्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.