|

बैतडी : सुदूरपश्चिम प्रदेशमा थप नौजनामा कोरोना संक्रमण देखिएको छ। गत २४ घण्टामा ३२४ जनाको परीक्षण गर्दा नौजनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

संक्रमण पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यसअघि हिजो १५ जनामा संक्रमण देखिएको थियो। 

भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको छ। पछिल्लो समय यस प्रदेशमा कोरोना संक्रमणदर बढिरहेको छ। भारतमा कोरोना संक्रमण बढिरहेकाले यहाँ पनि संक्रमणदर बढेको निर्देशनालयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.