|

नेपालगञ्ज : बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जाानकारी दिए।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको  थियो। उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो। विरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.