काठमाडौं : बारा क्षेत्र नम्बर २ को मतगणना बिहान ११ बजे सुरु हुने भएको छ।
भर्खरै सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार मतगणना शैक्षिक तालिम केन्द्रमा हुनेछ।
आइतबार नै राति सर्वदलीय बैठक बस्ने भनिए पनि हावाहुरी र वर्षाका कारण रोकिएको थियो। त्यसै कारण ढिलोगरी मतगणना सुरु हुन लागेको हो।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।