|

सल्यान : एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका–५ कालागाउँकी ३० वर्षीया एक महिने सुत्केरी गीता विकको मृत्यु भएको हो।

विकलाई उपचारको लागि सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको सल्यान जिल्ला अस्पतालका  इन्चार्ज डाक्टर अभिषेक सिंहले जानकारी दिए। उनका अनुसार विक एक महिनाअघि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन्।

१५ दिनअघि रक्तस्राव भएपछि रगत चढाएपछि केही ठिक भएकी गीतालाई केही दिनदेखि पुनर रक्तस्राव भएको र समयमै अस्पताल पुर्‍याउन नसकेकै कारण मृत्यु भएको डा. सिंहको भनाइ छ।

सल्यानमा अहिलेसम्म ब्लड बैंक नहुँदा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत स्थानीयको भर पर्नु पर्ने बाध्यता रहेको छ।

अत्यधिक रक्तस्रावकै कारण दार्मा गाउँपालिकाकी एक महिनाअघि एक महिलाको उपचार गर्न नेपालगन्ज लिदै  गर्दा बाटोमै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.