|

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध गरेको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको जानकारी गराएसँगै राप्रपाका सांसदहरु उठेर आकस्मिक समयको माग गरेका थिए। सभामुखले बैठकमा बजेटपूर्वको छलफल हुने भन्दै बैठकमा शून्य समयबाहेको समय नराखिएको जानकारी गराएका थिए।

उनले आफ्नो कुराहरु शून्य समयमै राख्नका लागि अनुरोध गर्दै बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, राप्रपाले बोल्न पाउनुपर्ने माग निरन्तर राखे पनि सभामुखले राप्रपाको विरोधका बाबजुद शून्य समयको लागि बोल्न सांसद विमला सुवेदीलाई समय उपलब्ध गराए। लगत्तै राप्रपा सांसदहरुले वेल घेराउ गरेपछि बैठक सञ्चालनमा झनै अवरोध पुगेको हो।

यससँगै प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भयो।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.