|

काठमाडौं : काभा वुमन्स च्यालेन्ज कप भलिबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

उद्घाटन खेलमा आज नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। डिफेन्डीङ च्याम्पियन नेपालले उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको छ।

नेपाली टिमकी कप्तान अरुणा शाहीले नेपालको तयारी राम्रो भएको बताइन्। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अरुणाले नेपालले उपाधिमा हृयाट्रिक गर्ने विश्वास राखेकी हुन्। नेपालले बंगलादेशमा सम्पन्न यसअघिका दुवै संस्करणको उपाधि जितेको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा आज बिहान श्रीलङ्का र उज्वेकीस्तानले प्रतियोगिताको पहिलो खेल खेल्नेछन्। 

खेल बिहान साढे ९ बजेपछि सुरु हुनेछ। १२ बजे बंगलादेश र भारतबीच खेल हुने छ। दिउँसो साढे २ बजे प्रतियोगिताको उद्घाटनको तयारी गरिएको छ। उद्घाटन समारोहपछि नेपालले अपराह्न साढे चार बजे कीर्गिस्तानसँग खेल्ने छ। आजको अन्तिम खेलमा राति ७ बजे माल्दिभ्स र काजखस्तानबीच प्रतिस्पर्धा हुनेछ।

लिगकम नकआउटको आधारमा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल, बंगलादेश, भारत र कीर्गिस्तान समूह ए मा छन् भने उज्वेकिस्तान, श्रीलङ्का, माल्दिभ्स र काजखस्तान समूह बी मा छन्।

एसियन रिजनमा रहेका ६ टिम आइतबार र माल्दिभ्स शनिबार नेपाल आइपुगेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.