|

काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन भएको छ।

 सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आगामी आव २०८०/८१ को  बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन गरेको  बताएका हुन्।

उनले आधारभूत तह प्रवेशको आधार वालविकास कक्षाको नक्साकन,शिक्षण सिकाइमा सुधार गर्दै जाने पनि बताए। सरकारले आव ०७९/८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड विनियोजन गरेको थियो।

शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड हस्तान्तरण गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.