|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन्।

१६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका हुन्।

संविधान र कानूनले प्रत्यभूत गरेका अधिकारसहित गरिएको नामकरणको बारेमा केही विमतिहरु भए आगामी निर्वाचनमार्फत कानून र संवैधानिक प्रक्रिया अगाडि बढाउन उनले अनुरोधसमेत गरेका छन्।

‘आफ्ना हिंसात्मक गतिविधिहरु छाडेर सरकारसँग सम्बाद र छलफल गर्न आह्वान गर्दछु‚’ उनले भने‚ ‘हामी सम्बाद र छलफलबाट नै निष्कर्षमा पुग्न सक्छौं।’

आइतबार पहिचान पक्षधरले आन्दोलन गरिरहँदा प्रदेशसभा बैठक चलिरहेको थियो। कडा सुरक्षाका साथ बैठक संचालन गर्दा प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै आन्दोलनरत पक्ष अगाडि बढ्दा आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा दुवै पक्षका घाइते भएका थिए।

प्रदेश सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा बोलाउन सरकारसमक्ष  माग गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.