|

काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज मलेसियाविरुद्ध तेस्रो टी–ट्वान्टी  खेल्दै छ। 

नेपाल घरेलु टोलीविरुद्ध लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा हुनेछ। खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे युकेएम ओभलमा सुरु हुनेछ। 

पाँच खेलको सिरिज एक–एकको बराबरीमा छ। पहिलो खेलमा खराब प्रदर्शन गर्दै ५० रनमा अलआउट भएको नेपाल ५ विकेटले पराजित भएको थियो।

दोस्रो खेलमा भने रुबिना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ७ विकेटको जित हात पारेको थियो। 

आज जित हात पारे नेपालले सिरिजमा दुई–एकको अग्रता बनाउनेछ। नेपालले चौथो खेल शनिबार र पाँचौ टी–२० आइतबार खेल्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.