|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।

आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै ब्रुनाई दारूसलाम, गणतन्त्र चिली, क्रोसिया, गणतन्त्र काजखस्तान, लिथुआनिया र प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियामा गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाली राजदूतहरूलाई ६ वटा देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। 

मलेसियामा रहेका रहेका राजदूत डिल्लीराज पौडेललाई ब्रूनाई दारूसलाम, बा्रजिलाका राजदूत रहेका निर्मलराज काफ्लेलाई चिली, अष्ट्रियाको राजदूत रहेका भरतकुमार रेग्मीलाई क्रोसिया, रूसी महासंघका राजदूत मिलनराज तुलाधरलाई काजखस्तान, डेनमार्कका राजदूत प्राडा रामस्वार्थ रायलाई लिथुआनिया र इजिप्टको राजदूत रहेका सुशीलकुमार लम्साललाई अल्जेरियाको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.