|

विराटनगर :  संघीय समाजवादी फोरम नेपालले विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा उमेश यादवलाई चयन गरेको छ। उपप्रमुखका भने तालमेल हुनसक्ने भन्दै नाम सार्वजनिक भएको छैन। संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा मोरङका इन्चार्ज जयराम यादवले उमेश यादवको नाम फाइनल भएको जानकारी दिए।

यसअघि उमेश यादवसँगै जयराम यादव, अर्जुन थापा, भूराज राईलगायतको नाम चर्चामा थियो। तत्कालिन मधेसी जनअधिकार फोरम मोरङका अध्यक्ष भएका उमेश यादवलाई पछिल्लो समय भने सोही पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

कारबाही भोगेर पुनः पार्टीमा लागेका यादवलाई मेयरमा सिफारिस गरेपछि उनको पुनर्उदय हुने देखिएको छ। मधेस आन्दोलनमा चन्दा असुली गरेको, समानान्तर गतिविधि चलाएको लगायतको विषयमा यादवलाई कारबाही गरिएको थियो।

त्यसपछि फोरम नेपालको आफू आधिकारिक प्रतिनिधि भएको भन्दै यादवले अर्को समिति निर्माण गरेका थिए। यद्यपी पछिल्लो समय पार्टीका स्थानीय नेता कार्यकर्ता उमेश यादवकै पक्षमा लागेपछि उनको नाम सिफारिस गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.