|

काठमाडौं : सवारी दुर्घटनामा परि भारतमा चार नेपालीको मृत्यु भएको छ। 

शनिबार दिउँसो भारतीय बजार खटिमास्थित चकरपुरमा भएको सवारी दुर्घटनामा परि कञ्चनपुरका चार जनाले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनीहरु एकाघरका हुन्। भारतको उधमसिंहनगर खातिमाको मुडेली क्षेत्र गोयल कोलोनीमा बस्दै आएका उनीहरु शनिबार बिहान आफन्त भेट्न कञ्चनपुर आएर फर्किँदै थिए। 

दुईवटा स्कुटरमा सवार उनीहरुलाई पछाडिबाट आएको तीव्र गतीको कारले ठक्कर दिएको थियो। दुर्घटनामा तीन जनाको घटनास्थमै र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छन्।  

दुर्घटनामा ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइबुहारी कल्पनाको मृत्यु भएको हो। स्कुटरलाई ठक्कर दिएर चालक फरार भएको र खोजी जारी रहेको चकरपुर प्रहरी चौकीका इन्चार्ज प्रियांशु जोशीले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.