|

काठमाडौं : लेखनाथ पोखरेलको उपन्यास कृति ‘वनिता’ पाठकमाझ आएको छ। यसअघि नियात्रासङ्ग्रह ‘फकलीको गाउँ’, कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ र हास्यनिबन्ध ‘चिबे(नकटो’ जस्ता कृति सार्वजनिक गरेका स्रष्टा पोखरेलको पछिल्लो कृति उपन्यास ‘वनिता’ पाठकमाझ आएको हो।

सावित्री पोखरेल प्रकाशक रहनुभएको २८४ पृष्ठको यस कृतिको मूल्य ६०० रुपैयाँ राखिएको छ। इप्रेश प्रालिमा मुद्रण गरिएको यो उपन्यासलाई पत्रकार कृष्ण भुसाल र रमेश दाहालले सम्पादन गरेका हुन्।

उपन्यासमा ‘पूर्वार्द्ध, फूलबारी, जिम्दार्नी बज्यै, मनको मयूर, बचेराको उडान, अल्लारे यौवन, बहकिँदो मन, लेखान्त, सत्पाहन्त, पुनर्मिलन, अन्तद्र्वन्द्व, लगनगाँठो र रङ्गमञ्च’ जस्ता उपशीर्षकहरू रहेका छन्। शृङ्गारिक उपन्यास ‘वनिता’ पोखरेलको चौथो कृति हो।

‘मैले हाम्रै परिवेशमा भएका विभिन्न समयका पदचाप, घटनाक्रमलाई उपन्यासका रूपमा यहाँहरूसमक्ष प्रस्तुत गरेको छु। बाँकी जिम्मेबारी पाठकवर्गको काँधमा’, स्रष्टा पोखरेल भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.