|

धनकुटा : वर्षाका कारण नदिमा आएको बाढीले माछा बगाएर ल्याएपछि धनकुटाको मुलघाटस्थित तमोर नदीमा स्थानीयवासीहरू माछा मार्न घुइँचो लागेका छन्।

वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथरमा जनधनको क्षति भए पनि धनकुटाको मुलघाट आसपासमा भने माछा मार्नेहरूलाई फाइदा पुगेको छ।
तमोर तथा अरुण नदीमा बाढी आएपछि माछा मार्नेको भिड लाग्न थालेको छ।

नदीमा लेदो सँगै ठूला ठूला माछाहरू बगरमा भेटिन थालेका छन्। तर, एकातिर बाढी आउने र अर्कोतर्फ माछा मार्नेहरूको भीड बढ्न थालेपछि जोखिम पनि उत्तिकै बढेको छ।

नदीमा बाढी आएपछि एउटै माछा २५ केजीसम्मको भेटिएको छ। यसअघि २०७२ सालमा एक सय केजीसम्मको माछा भेटिएको मुलघाटकी फुलमाया श्रेष्ठले जानकारी दिइन्। 
तमोर भेटिएको माछा अहिले प्रतिकिलो एक हजार रुपैयाँसम्ममा बिक्रि भइरहेको छ। ठूला माछा भेटिएपछि स्थानीयको व्यापार फस्टाएको छ। आइतबार बिहानैदेखि तमोर नदीमा माछा मार्नेको भीड लागेको श्रेष्ठको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.