|

काठमाडौं : चार दलले समाजवादी मोर्चाको घोषणा गरेका छन्। सोमबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रमका बीच समाजवादी मोर्चाको घोषणा गर्दै नेताहरूले १५ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

प्रधानमन्त्री एवं माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १५ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका हुन्।

समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाको भनाइ छ।

दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने सहमति गरेका बताइएको छ।

तस्बिरहरू

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.