|

विराटनगर :  प्रदेश १ पुनः नामकरण संघर्ष समिति सरकारसँग वार्तामा नबस्ने भएको छ।

फागुन १७ गते  प्रदेश १ ले कोशी नाम पाएसँगै  आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै  आज अर्थात बुधबार विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको हो।

एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको छ।

वार्ता स्थगन नगरिएको तर वार्ताको नाममा प्रदेश सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो  बताउँछिन्।

 यो अन्योलताको जिम्मेवारी प्रदेश सरकार हुनुपर्नेमा जोड दिँदै उनले  भनिन्, 'हामी वार्ताको साथ आन्दोलनलाई लानेछौँ।'

प्रदेश सरकारले  नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि बोलाइएको छ।  जुन अन्यौलपूर्ण भएको संघर्ष समितिको भनाइ छ। आन्दोलनको नाममा राजनीतिकरण गरिएको  समेत आरोप लगाउँदै उनीहरू भन्छन्, 'आफ्नो सभ्यता र पहिचानको विषयमा राजनीति गर्नु उचित होइन।'

यता,  प्रदेश सरकारका  वार्ता  टोलीका  संयोजक  खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री  तीलकुमार मेन्याङ्बोले  वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले  नभ्याउने भएपछि वार्ता नबस्ने निर्णय भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.