काठमाडौं : उपत्यकाका विभिन्न स्थानका सडकहरू यतिबेला फूलका गमलाले सजिएका छन्। काठमाडौं महानगरपालिकाले शनिबारदेखि उपत्यकाका विभिन्न स्थानमा रंगीचंगी फूलका गमलाहरू राखेको हो।
महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न फूल र विरुवाहरू रोपेका गमलाहरू राखेको हो। बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा राखिएका गमलाहरूले सडकलाई नै सौन्दर्य थपेको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।