|

काठमाडौं :वर्षायाम जारी छ। जसले गर्दा देशभरका साना-ठूला खोलानाला बढेका छन्। यो मौसममा बाढी पहिरोको जति जोखिम हुन्छ त्यति नै हामीले खाने खानेपानीको मुहानहरू दूषित हुने जोखिम हुन्छ।

वर्षातको मौसममा बाढी पहिरोले गर्दा हामीले खाने पानीको मुहान फोहोर हुने तथा खानेपानीको पाइपमा दुषित पानी मिसिने गर्छ। विशेषगरी दुषित पानीमा हैजा बनाउने 'भिब्रिओ कोलेरा नामक जीवाणु'हुने हुँदा  हैजाको जोखिम उच्च हुने गर्छ।  त्यसैले यो मौसममा हामीले खानेपानीको शुद्धतालाई विशेष ध्यान दिनु पर्छ। 

गर्मी तथा वर्षायाम सुरु भएसँगै विशेषगरी बालबालिकामा  हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी छ। यदि हैजाको लक्षण देखियो वा हैजा पुष्टि भयो भने पनि विशेष सावधानी अपनाउनु पर्छ। 

हैजा भए घरैमा ​कसरी गर्ने उपचार ?

- झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने

- प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटक पटक खान दिने 

- नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै गरी पटक पटक खुवाइरहने 

- स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नविराइकन खुवाउने 

- व्यक्तिगत सरसफाइमा ध्यान दिने, र स्वच्छ पानी तथा खाना खाने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.