|

काठमाडौं : नेपालले महामारीसम्बन्धी पूर्वतयारीलाई बलियो बनाउने गरी स्वास्थ्य क्षेत्रमा  नयाँ ठूलो  ‘स्पीड’  परियोजना सुरु भएको जनाएको छ।
कुल एक करोड ८८ लाख अमेरिकी डलरको यो परियोजना नेपाल सरकार (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय), विश्व स्वास्थ्य संगठन (डब्लुएओ), युनिसेफ र एफएओ सहितको समन्वयमा सञ्चालन हुने  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए। 

 द पाण्डामिक फण्डले छनोट गरेको नेपालको नयाँ परियोजना ‘स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल (एसपीइइडी)’  सुरु भएको हो । यो परियोजना आगामी तीन वर्षसम्म रहनेछ। 
पाण्डमिक फण्ड सन् २०२२ को सेप्टेम्बरमा इन्डोनेसियाको बालीमा भएको जी २० राष्ट्रका अर्थ मन्त्रीहरुको बैठकले न्युन तथा मध्यम आय भएका देशहरुलाई लक्षित गरी स्थापना गरेको एक आपतकालीन कोष हो ।सो कोष स्थापना भएपछि विश्वभरका न्यून तथा मध्यम आए भएका देशहरुबाट प्रस्तावना आव्हान गरिएको थियो ।
त्यसबेला स्वास्थ्य मन्त्रालयले स्ट्रेन्थेनिङ पाण्डमिक प्रिपेडनेश फर अर्लि डिटेक्सन इन नेपाल (एसपीइइडी) प्रस्तावना हालेको थियो । नेपालको सो प्रस्तावना छनौट भएको गत साउन मै थाहा भएको थियो । यद्धपि कति रकम पर्‍यो भन्ने त्यसबेला खुलेको थिएन।

त्यसबेला प्रस्तावना तयार गर्नेमध्येका एक नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले एसपीईईडी परियोजना खासगरी महामारीको निगरानी र प्रारम्भिक चेतावनी, प्रयोगशाला प्रणाली, मानव संसाधन तथा जनशक्तिको सुदृढीकरणमा केन्द्रीत हुने बताएका थिए । त्यसैले अढाई अर्ब बढीको यो परियोजनामा आएको रकम तिनै कामका लागि खर्च हुनेछ।
पाण्डामिक फण्डबाट नेपालले प्राप्त गरेको अनुदानमा आधारित यो परियोजनाका लागि विश्वका १३३ देशबाट १७९ आवेदन परेको थियो । त्यसमध्येबाट नेपालको प्रस्ताव छनौट भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.