|

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लामा आज बिहानदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टका अनुसार डोटीको रुवसकाँडामा १३२ केभी प्रशारण लाइनको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।

अत्तरियादेखि स्याउले सबस्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको हो। तार टुट्दा सुदूरपश्चिमका सात पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको प्रमुख भट्टले बताए।

उनले भने, ‘रुवसकाँडामा १३२ केभी प्रशारण लाइनको तार छुटेपछि बिहान ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको हो। टुटेको तार मर्मतका लागि अत्तरियाबाट टोली परिचालन भएको खबर आएको छ।’

तार मर्मत गरी विद्युत् सेवा सुचारु गर्न केही समय लाग्ने जनाएको छ। विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन्।

विद्युत् सेवा बन्द हुँदा मिल सञ्चालक, कम्प्युटर पसल, इलेक्ट्रोनिक पसल, विद्युत्‌बाट सञ्चालन हुने ग्रील उद्योग लगायतलाई समस्या भएको दोगडाकेदार–७ खोचलेकका दीपेन्द्र कार्कीले जानकारी दिए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.