|

काठमाडौं : सांसदहरू अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीवारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ।

दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको आजको बैठक बस्न सकेन।

समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ। यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.