|
फाइल फोटो

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। 

शनिबार दिउँसो १ बजे ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेगरी सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुनेछ। 

यस्तै पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.