|

दाङ : दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक दुर्घटनामा परेको छ। 

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट आज बिहान साँढे ५ बजे ट्रक खसेको हो। भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक रासायनिक मल लिएर नेपालगन्ज जाँदै थियो।

ट्रक खोलामा खस्दा चालक च्यापिएका छन् भने सहचालक भने निस्किन सफल भए। चालकको उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.