|

काठमाडौं  : एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिले बलिङ गर्ने भएको छ। श्रीलंकाको​ कोलोम्बोमा यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ। खेल आज बिहान सवा १० बजे सुरु भएको हो। 

समूह बी मा यसअघि नै लगातार दुई खेल हार्दै बाहिरिसकेका नेपाल र यूएई दुवै टिम यस खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ।

नेपालले युएई ए विरुद्ध प्लेइङ ११ चा चार परिवर्तन गरेको छ। नेपालले यसअघि भारत ए सँगको खेलमा रहेका सोमपाल कामी, ललित राजवंशी, भीम सार्की र आसिफ शेखलाई बेन्चमा राखेको छ।  नेपालले प्रतिश जिसी, श्याम ढकाल, अर्जुन साउद र सन्दीप जोरालाई आजको खेलमा उतारेको  छ। 

यो खेल दुवैका लागि प्रतिष्ठाको लडाई मात्रै हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.