|

नेपालको भू बनोटलाई गहिरिएर हेर्ने हो भने  हिमालय पर्वत जुन आजभन्दा १३ करोड वर्ष पहिला बनेको थियो। त्यसको काखमा हिमवत खण्डको पहिलो देश नेपालमा यस क्षेत्रको पहिलो मानव वस्ती बस्यो त्यसपछि भारत, पाकिस्तान, श्रीलंका जस्ता देशमा मानिसको बसोबास भयो।

जति दक्षिण गइन्छ त्यहाँ अहिले पनि अति गर्मी छ, परापूर्वकालमा त्यँहा औलो, हैजा जस्ता रोगको कारणले मानव बस्न योग्य थिएन तसर्थ मानव बस्ती विस्तारै नेपालबाट दक्षिणतिर सर्दै गयो। पछि गर्मी ठाउँ बस्न लायक भएपछि  सबैतिर वातावरण अनुसारको मानव बस्ती विकास भयो।

प्लेटोनिक सिद्धान्तअनुसार जमिनको निर्माण पहिला समथर भूभाग थियो पछि हिमाल बन्यो तर मानव विकास नेपालबाट तलतिर फैलिएको हो। त्यो बेलादेखि आजसम्म नेपाल स्वतन्त्र छ।

नेपालमा बुटवलको तिनाउ क्षेत्रमा भेटिएको रामापिथेकसको अवशेषले यो  प्रमाणित गरेको छ, नेपाल मानव उद्गमको सर्वप्राचीन स्थल हो। दक्षिण एशियामध्ये सबैभन्दा पहिलो मानवको विकास नेपालबाटै भएको हो भन्ने कुरा प्राचीन ऐतिहासिक प्रमाण देखाएको छ। नेपालको नाम कसरी रह्यो भन्ने सन्दर्भमा पनि अनेक अनेक कुराहरु जस्तै ने मुनि पालित भएकोले नेपाल, उनको घरभएकोले नेपाल भयो भनिएको छ।

सत्यको नजिक के देखिन्छ भने नेपाल संस्कृत शब्द  निपालयबाट बनेको जसको अर्थ निपा भनेको हिमाल पहाड र लय भनेको घर, आधार, खुट्टा भन्ने हुन्छ। यसरी नेपाल हिमवत खण्डको सबैभन्दा पुरानो देश हो।

नेपालको आफ्नो एक अविचलित इतिहास र भूगोल छ जसअनुसार नेपाल विश्वको एकमात्र स्वतन्त्र देश हो। यसलाई अहिलेसम्म अन्य कुनै देशले उपनिवेश बनाएर राज गर्न सकेको छैन। 

जब दुस्मनी हिजो थिएन आज छैन, विवाद हिजो थिएन भने झुठो चिजलाई लिएर आज किन भारतले विवाद बिउ रोप्यो यसलाई रोक्नुपर्छ। सत्यसत्य हो कुनै समझदारीको विषय होइन, सूर्य पूर्वबाट उदाउँछ भनेर कसैले करार गर्नु पर्दैन। सूर्य पूर्वबाट उदाउँछन् भन्नु र नेपाल विश्वको एक मात्र स्वतन्त्र राष्ट्र हो भन्ने कुरा एउटै प्रकृतिको विश्वव्यापी सत्य हो यसलाई नमोडौँ नतोडौँ। यसमा कुनै प्रकारको रिसराग र अनुराग राख्‍न जरुरी छैन।

भारतले हालै बनाएको संसद भवनको भित्तामा नेपाललाई अखण्ड भारतको हिस्सा बनाइएको छ र लुम्बिनी र कपिलवस्तुलाई भारतको अंशको रूपमा देखाइएको छ। नेपाल कहिल्यै पनि अखण्ड भारतको हिस्सा होइन। नेपालको स्पष्ट इतिहास छ, जसको अविछिन्नता कतै पनि तोडिएको मोडिएको र मेटिएको छैन।

लुम्बिनी र कपिलवस्तु नेपालको भाग भएको तथ्यविपरीत भारतले आफ्नो नक्सामा राख्नु आफैँमा ज्यादै नै गलत अभ्यास हो।

सम्पूर्ण तथ्य, प्रमाण, इतिहास र वास्तविकतालाई केलाउँदा पनि नेपाल भारतको हिस्सा हो भन्ने कुरालाई स्विकार्न सकिँदैन। क्षणिक शक्ति भरमा सत्यलाई तोडमोड गर्नु पक्कै पनि राम्रो होइन। यो कुरा भारतले पनि बुझ्नुपर्छ सतही आवेगमा आएर अर्को देशको भूभागमा आफ्नो देशको नाम दिन हुँदैन।

इ.स. १९४७ मा अंग्रेजले छोडेर नजाँदासम्म स्वयं भारत  अखण्ड थिएन भने नेपाल सहितको अखण्ड  भारतको बखेडा झिक्नु भारतको बलमिच्याँई हो। भारतले सांस्कृतिक रूपमा नेपालमा पनि हिन्दु छन् भन्ने अर्थ राख्ने हो भने अहिले रुस, बेलायत, अमेरिका र अष्ट्रेलियामा पनि हिन्दु छन् ती देश अखण्ड भारतमा किन राखिएन। त्यसगरी धार्मिक मान्यतालाई हेर्ने हो भने पनि राम रावणको युद्ध भएको बेलामा जब लक्ष्मण घाइते भए हनुमान उडेर विन्दाचल पर्वत पूरै उठाएर ल्याउनु भएको थियो।

त्यो ठाँऊ कैलाश पर्वतमा पर्छ त्यो अहिले चीनको तिब्बतमा छ। चीनलाई अखण्ड भारतमा किन देखाइएन।

विश्वको एक मात्र स्वतन्त्र देशलाई यसरी अखण्ड भारतको अंगको रूपमा देखाउनु आफैँमा गलत छ। नेपालमा भारतका कुनै शासकले शासन गरेनन् र कुनै पनि बेला कतै पनि नेपालीबाहेक अरू  राजा भएनन् यस्तोमा गलत कुरालाई भारतले आफ्नो गौरवको अंश किन बनायो यो कुरा सोचनीय छ।

स्पष्ट रूपमा भन्नुपर्दा भारतले संसद् भवनमा बनाएको नक्सा ऐतिहासिक सत्यभन्दा बाहिर छ। विज्ञानले करोडौँ वर्ष पहिला लोप भएको डाइनासोर त कहाँ कहाँ थिए भनेर कार्बन टेष्ट गर्न सकिन्छ भने कुन काल खण्डमा नेपाल भारतको खण्ड थियो। भारतले पुष्टि गरेर देखाउन सक्नुपर्छ अन्यथा त्यो अखण्ड भारतबाट नेपाललाई मुक्त गर्न सक्नुपर्छ।

बेलायतले लगभग ३०० वर्षसम्म भारत, पाकिस्तान र बंगला देशमा राज गरेको हो। यदि अब कुनै बेला बेलायतले अखण्ड बेलायत भनेर उसले शासन गरेका सबै देशको नक्शा अखण्ड बेलायत भनेर आफ्नो सांसद राख्यो भने भारतलाई सह्य हुन्छ वा हुँदैन? जबकि त्यो वास्तविकता हो।

नेपालले अरू देशले के गर्छन् भन्ने कुराको पछि लाग्नु आवश्यक छैन तर भारतले नेपाललाई अखण्ड भारतको नक्सामा राख्ने कामले नेपालको अपमान भएको छ। जब नेपाल एक मात्र स्वतन्त्र देश भन्ने कुरा प्रमाणित छ भने त्यसको विपरीत इतिहासको सत्यतालाई आफ्नो शक्तिको आधारमा भारतले अवमूल्यन गर्नु अति नै पीडादायी घटना हो।

नेपालको इतिहासलाई नियाल्दा काठमाडौं उपत्यका एउटा विशाल ताल थियो जसलाई नागदह भनिन्थ्यो। विश्वबभू भन्ने व्यक्तिको सल्लाहअनुसार मञ्जुश्रीले चोभारको डाँडा काटेर पानी बगाएपछि यहाँ मानव बस्न योग्य भयो उपत्यका मञ्जुपतन शहर बन्यो धर्माकर पहिलो राजा बने।

नेपालमा गोपालवंशी राजाहरूले ५२१ वर्ष शासन गरे, महिष वंशी (आभिर) वंशीले १०० वर्ष शासन गरे, किराँत वंशका यलम्बर देखि ३२ पुस्ताले ५२६ वर्ष शासन गर्यो, लिच्छवी राजाहरूले ८०० वर्ष शासन गरेका छन्। मल्ल वंशले ८८९ वर्ष शासन गरेपछि शाहवंशले २४१ वर्ष र गणतन्त्रले २०६४ सालबाट यता १६ वर्ष शासन गरेको अवस्था छ।

यहाँनेर कहीँ कतै नेपालको भूमिमा भारतका कुनै राजाले राज गरेको उल्लेख छैन। यही कारणले गर्दा भारतले इतिहासको वास्तविकतालाई बुझेर नेपालको परम्पराको।

सत्य जहिले अविभाजित र अकाट्य छ त्यो चाहे एक्लैले किन नभनोस्। दुनियाँ सूर्यले पृथ्वीलाई परिक्रमा गर्छ भन्दा एकजना ग्यालियोले एक्लै होइन पृथ्वीले सूर्यको परिक्रमा गर्छ भनेका थिए। त्यो नै सत्य सावित भयो। भारतले जतिसुकै ठूलो शक्तिका साथ नेपाल अखण्ड भारत हो भने पनि हाम्रो मधुरो सत्यको आवाजले सबै भ्रमलाई पराजित गरेको छ। त्यसैले इतिहासको वास्तविकतालाई सबैले स्वीकार गरौँ भन्ने आम नेपालीको अनुरोध छ।

नेपाल र भारत दुई अलग तर छिमेकी देश हुन् हामी बीचमा रोटी बेटीको सम्बन्ध भनेर भारतका नेताहरूले स्विकारेको तथ्य हो। छिमेकी भनेको दाजुभाई, सानो ठूलो भन्ने हुँदैन। नेपाली जनता र भारतीय जनताका बीचमा कहिल्यै कुनै प्रकारको युद्ध भएन सन् १८१४ र १८१६ बीचमा भएको युद्ध नेपाल बेलायतबीच भएको थियो जसमा कोही भारतीयहरू सैनिकमा थिएनन् जसले नेपालीलाई मारेका हुन् वा नेपाली सेनाले भारतीयलाई मारेका हुन्।

जब दुस्मनी हिजो थिएन आज छैन, विवाद हिजो थिएन भने झुठो चिजलाई लिएर आज किन भारतले विवाद बिउ रोप्यो यसलाई रोक्नुपर्छ। सत्यसत्य हो कुनै समझदारीको विषय होइन, सूर्य पूर्वबाट उदाउँछ भनेर कसैले करार गर्नु पर्दैन। सूर्य पूर्वबाट उदाउँछन् भन्नु र नेपाल विश्वको एक मात्र स्वतन्त्र राष्ट्र हो भन्ने कुरा एउटै प्रकृतिको विश्वव्यापी सत्य हो यसलाई नमोडौँ नतोडौँ। यसमा कुनै प्रकारको रिसराग र अनुराग राख्‍न जरुरी छैन।

अखण्ड भारतको नक्सा नेपालीले मन नपराएको कारणले यो लेख लेखिएको होइन। अखण्ड भारतमा नेपाल कहिल्यै नरहेको कारणले यो लेखिएको हो। किनकि सत्य अविभाजित छ।

मिथकलाई आधार मान्ने हो भने नेपालका राजर्षि जनकले नेपालको भूमिबाट विशाल भारतीय भूमिमा राज गरेको कथाहरू पढ्न पाइन्छ। विराटनगरका विराटराजा र कौरव बीचको लडाइँ हस्तिनापुरको आसपासमा भएको महाभारतमा पढ्न पाइन्छ तर कुनै भारतीय राजा रजौटाले नेपालमा राज गरेको विषय  पुराणहरुमा पनि छैन।

उत्तरतिर ८ हजार मिटर माथिका ८, ७ हजार मिटर माथिका ८ र ६ हजार मिटर माथिका ४ लगायत सयौँ हिमालले पहरा दिएको नेपालको दक्षिणतिर हाम्रो भाइचारा, आपसी सद्भाव र गौतम बुद्धको शान्तिप्रियताले  बँचेको यो नेपाल आज पनि स्वतन्त्रताको प्रतीक हो। भारतले शास्वत सत्यलाई मनन गरोस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.