|

काठमाडौं : लघुवित्त पीडितहरूले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

माइतीघरमा जम्मा भइ ३ सयभन्दा बढी लघुवित्त पीडितहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

गत सातादेखि माइतीघरमा आमरण अनसन बसेका लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीलाई साथ र समर्थन दिन भन्दै आज विभिन्न जिल्लाबाट लघुवित्त पिडितहरु काठमाडौं आइपुगेका हुन्।

नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर, लघुवित्तीय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिना गरलगायतका नारा लगाएका थिए। प्रदर्शनमा अधिकांश महिलाको सहभागिता थियो।

हेरौं केही तस्बिर

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.