|

काठमाडौं:  मर्डिङ वाक् होस् वा बाटोमा हिड्दा होस् आजभोली प्रयाले ‘इयरफोन’ लगाएर हिड्ने गर्छन। मोबाइलमा कुरा गर्न मात्रै नभएर गीत तथा भिडियो हेर्नको लागि मानिसले ‘इयरफोन’ लगाउने गर्छन्।

आज भोलि त झन अफिसमा काम गर्नेहरुले पनि यदि ल्यापटप वा कम्प्युटरमा लामो समय बसेर काम गर्दा पनि ‘इयरफोन’ लगाएर काम गर्ने प्रचलन बढ्दो छ।

बजारमा पनि विभिन्न डिजाइनका ‘इयरफोन’हरु आउन थालेका छन्। नयाँ एयरपड, एयरबड्स, वायरलेस नेकब्यान्ड जस्ता ‘इयरफोन’  बजामा उपलब्ध हुन्छन्। आकारमा सानो हुने, ब्लुटुथ ‘इयरफोन’ ह्यान्डीइ र वायरलेस हुने भएकाले यसले जीवनशैलीमा सहज बनाएको छ। यसरी  हाम्रो जीवनशैलीलाई हेडफोनले जति सरल बनाएको छ स्वास्थ्यको लागि पनि उतिनै असर गर्ने गर्छ।

लामो समय इयरफोन लगाउनाले श्रवण शक्तिमा कस्तो असर गर्छ?

बढ्दो आधुनिकतासँगै अचेल बाहिर हिँड्ने क्रममा धेरैजसो मानिसहरू कानमा विभिन्न किसिमका यन्त्र लगाएर हिँड्छन्। पैदल हिँड्दा होस् या सवारीसाधन कुर्दा वा सवारीसाधनमा बस्दा पनि ‘इयरफोन’ लगाएर गीतसंगीत सुन्ने चलन छ। अझ कतिपयले त सवारीसाधन चलाउँदा पनि यसको प्रयोग गरेको देखिन्छ। सवारी दुर्घटनाको कारण त बन्छ नै यसले कानको तत्कालिन र दिर्घकालिन समस्या निम्ताउने गर्छ।

हाम्रो कानलाई तीन भागमा छुट्याइएको हुन्छ कानको लोती तथा छाला पहिलो भाग हो भने कानको हड्डी भएको भाग दोस्रो भाग हो। कानको जाली तथा भित्री नशा भएको भागलाई हामी कानको भित्री भाग भन्छौँ जुन मस्तिष्कसँग समेत जोडिएको हुन्छ।  

लामो समय सम्म ‘इयरफोन’को प्रयोग गर्दा तत्कालिन रुपमा कानको बाहिरी भागमा असर गर्छ।  जस्तै, बाहिरी भागमा एलर्जी हुने, संक्रमण हुने धेरै समय सम्म कानमा ‘इयरफोन’ राख्दा हावा खेल्न नपाउदा ढुसी पलाउने जस्ता समस्या तत्काल:न समयमा देखिन्छ भने दिर्घकालीन रुपमा कानको कोषहरुलाई असर गरी श्रवण शक्तिमा असर गर्छ जसले बहिरोपनको जोखिम समेत बढाउने गर्छ।  यस्तै ‘इयरफोन’ लामो समय सम्म प्रयोग गर्दा टाउको दुख्ने र सकैकसैमा रिंगटा लाग्ने समस्या समेत देखिने गर्छ।

यस्तै धेरै इयरफोन प्रयोग गर्नेहरूलाई कान कराए जस्तो हुने वा कान दुख्ने समस्या समेत हुने गर्छ।एयरफोनबाट उच्च आवाजमा गीत संगीत सुन्दा कानको जालीमा दवाव पर्ने गर्छ। जसले गर्दा कानको जाली फुट्ने सम्भावना हुन्छ। कानसम्बन्धी समस्या हुने गर्छ।

यस्तै लामो समय सम्म ‘इयरफोन’ लगाउने मानिसमा विस्तारै मानसिक समस्या समेत देखिने गर्छ जस्तै मानिस एकोहोरो हुने, टोलाउने तथा मानिसिहरुसँग घुलमिल हुन नसक्ने जस्ता समस्याहरु देखिन सक्छ। यस्तो समस्या अझै धेरै बालबालिकामा देखिने गर्छ।

कसरी बच्ने त

मोबाइल तथा अन्य डिजिटल सामानहरुको प्रयोग गर्दा प्राय ‘इयरफोन’ प्रयोग गर्नु हाम्रो जीवनशैलीनै भइसकेको छ। जसले गर्दा यसको प्रयोग गर्नबाट रोक्न सकिदैन। तर यसको प्रयोगलाई कम गर्न सकिन्छ।

सकेसम्म ‘इयरफोन’६०/६० को नियम अनुसार प्रयोग गर्दा राम्रो हुन्छ। भन्नाले एक पटक इयरपोन प्रयोग गरेपछि एक घन्टासम्म नगरेको राम्रो हुन्छ।

राम्रोसँग सुन्नका लागि कानका संवेदनशील कोषिकालाई श्रवणसम्बन्धी थकाइलाई रिकभर गर्नुपर्ने हुन्छ। त्यसैले एयरफोनमा सुन्दा ब्रेक लिन आवश्यक हुन्छ। टाउँकोमाथि राखिने हेडफोनको प्रयोग गर्नु राम्रो हुन्छ। जसले गर्दा कानमा आवाजको कम मात्र दबाब पर्छ। यस्तै सकेसम्म कम आवाज राखेर ‘इयरफोन’ बाट आवाजहरु सुन्ने गर्नु पर्छ।

लामो समय सम्म चर्को आवाजमा ‘इयरफोन’ लगाएर गीत सुन्ने लगायतका काम गर्नेहरुमा बहिरोपनको समस्या समेत बढ्ने जोखिम बढ्दै गएको छ।​

वरिष्ठ नाक, कान घाँटीरोग विशेषज्ञ प्रा.डा ढुण्डीराज पौडेलसँग गरिएको कुराकानीमा आधारित ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.