|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा अवरोध गरेको छ। 

सुन तस्करी काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गरेको हो। 

सभामुखले शून्य समय प्रारम्भ भएको घोषणा गरेलगत्तै एमालेले उठेर अवरोध गरेको थियो। सुन तस्करीका विषयमा सांसदहरुले बोल्ने कुरा स्वभाविक भएकोले  त्यसका लागि आकस्मिक समयमा मात्रै सहजीकरण गरिएको भन्दै एमाले प्रमुख सचेतक पदम गिरीले बैठक अघि बढ्न नसक्ने बताए। 

‘गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा क्विन्टलका क्विन्टल सुन भित्रिएको छ। पछिल्लो पटक एक डेढ क्विन्टल सुन सेटिङ बिग्रिएर समातिएको हो’ गिरीले भने, यसभन्दा अगाडि ३३ पटकसम्म सुन आएको छ। मन्त्रीदेखि तलसम्म को-को संलग्न छन् उनीहरूलाई पक्राउ गरेर कारबाही गरियोस्, त्यसका लागि उच्चस्तरीय छानबिन समिति बन्नुपर्‍यो।’

त्यसपछि एमाले सांसदहरू नारबाजी गर्दै वेल घेराउ गर्न पुगेका थिए। एमालेले नाराबाजी गर्न थालेपछि सभाुमख देवराज घिमिरेले संसदको आजको कार्यसूची हटाएर साउन १५ गते सोमबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.