|

काठमाडौ : समयमै भुक्तानी र म्याद थपको माग राख्दै आन्दोलनरत निर्माण व्यवसायीले मंगलबार  काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन गरेका छन्।

सरकारले निर्माण व्यवसायीहरूलाई काममा फर्काउन ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने माग राख्दै उनीहरू मंगलबार प्रदर्शनमा उत्रिएका हुन्।

विगतका सम्झौता कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्‍काको एकमुस्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी दिएका छन्। निर्माण व्यवसायीहरूले सार्वजनिक खरिद ऐन संशोधन हुनुपर्ने मागसमेत राखेका छन्।

उनीहरुले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिक डोजर र अन्य निर्माण उपकरण र यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.