|

काठमाडौँ : एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले आज टर्च जुलुस निकालेको छ। 

अनेरास्ववियुले आज काठमाडौँको माइतीघरबाट जिल्ला अदालतसम्म जुलुस निकालेर सिंहदरबारतर्फ टर्च देखाएको थियो।

सुन तस्करी प्रकरणमा सत्ता नेतृत्व दल नेकपा (माओवादी केन्द्र) कै उच्च नेता सामेल रहेको र सरकारले उनीहरुलाई बचाउन खोजेको आरोप लगाउँदै अनेरास्ववियुले आज साँझ उक्त जुलुस निकालेको हो।

संसदमा पनि एमालेले त्यही माग राखेर बैठक अवरोध गर्दै आएको छ। जसका कारण विगतका दुई बैठक सुरु नै नभई स्थगित भएकाे थियाे।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.